दिगो विकासका लागि गुणस्तरिय शिक्षामा लगानी:राष्ट्रपति भण्डारी

बुधबार, जेष्ठ २२, २०७६



बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लागि गुणस्तरिय शिक्षामा लगानी गर्नु पर्नेमा जोड दिएकी छिन् ।

वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षामा गरेको लगानीले मात्रै दिगो विकास हुने बताएकी हुन् । उनले भनिन्, “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।”

सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधार निर्माणमा समेत ध्यान दिनु पर्ने उल्लेख गरिन ।

राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन शिक्षक तथा अभिवाकले विशेष ध्यान दिनु पर्नेमा जोड दिएकी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata