राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी भ्रमण वर्षको उद्घाटन

शनिबार, जेष्ठ ४, २०७६



लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन गरेकी छिन् ।

शनिबार एक विशेष समारोहकाेबीच राष्ट्रपति भण्डारीले लुम्बिनी भ्रमण वर्ष २०७६ सालको उद्घाटन गरेकी हुन् । प्रदेश- ५ सरकारले घोषणा गरेको पर्यटन वर्ष २०७६ को लुम्बिनीबाट शुभारम्भ गर्दै भण्डारीले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएकी छिन् । उनले बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटकस्थल बनाउनु पर्नेमा समेत जोड दिएकी छिन् ।

स्थानीयवासीको सहयोग र सहकार्यलाई लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराइन् । उनले बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गरिन् ।

इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजैका दिन प्राप्त गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहित विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियाे ।

वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनी विश्व प्रसिद्ध भएका थिए। वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन रहँदै आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank