नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति चीन जाँदै

बुधबार, बैशाख ११, २०७६



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि चीन जाँदैछिन् । चिनियाँ समकक्षी सी जिनपिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीन जान लागेकी हुन् ।

चिनियाँ समकक्षी सी जिनपिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा बेल्ट एण्ड रोड इनिसिएटिभ ‘बीआरआई’ को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन् । भ्रमणका क्रममा राष्ट्रपतिले चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्ता गर्ने कार्यक्रम छ ।

सो क्रममा नेपाल र चीनविच द्विपक्षीय वार्ता समेत हुनेछ । वार्तामा नेपालले बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार लगायतमा चीन समक्ष सहयोग आब्हान गर्ने तयारी छ । भण्डारीको अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटन र नेपाली तथा चिनियाँ उद्योगीहरूको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

भ्रमणदलमा साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल सहित सांसदहरु पनि रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank