राष्ट्रपति सहित बरिष्ठ कर्मचारीको तलब कटौती

शुक्रबार, मंसिर ७, २०७५



जिम्बाब्वे । जिम्बाब्वे सरकारका अर्थमन्त्रीले सन् २०१९ को बजेट भाषण गर्दै सकारात्मक संकेत दिएका छन् ।  आगामी बर्षका निम्ती ल्याइएको बजेटमा राष्ट्रपति, मन्त्री र बरिष्ठ सरकारी कर्मचारीको तलब ५ प्रतिशत कटौती गरिने प्रस्ताव संसदमा पेश गरेका छन् ।

तात्कालिन सत्तारुढ पार्टी जैनु पीएफको आदेशमा सन् २००० देखी हजारौं गोराहरुको जमिन खोस्दै काला जातीलाई वितरण गरिएको क्षतिपूर्ति स्वरुप गोरा जातीलाई ५३ मिलियन डलर मुआब्जा दिइने छ ।  सन् २०१७ मा एम्मरसन मंगागावा रर्वट मुगाबेको उत्तराधिकारी बने सँगै अर्थब्यबस्थालाई पूर्नजीवित गर्ने कसम खाएका थिए । तर अक्टोबर महिनामा मुद्रास्फ्रीती २० प्रतिशत बढ्न गए सँगै चीनी, रोटी, तेल, पेट्रोल र औषधी आम जनताको पहुँच बाहिर जाँदै थियो ।

राष्ट्रपतिको सहमती सँगै अर्थमन्त्री मथुली एनक्युबले चालेको कदमले राजनीति र अर्थनीतिमा स्थीरता आउने अपेक्षा गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata