राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन

बिहिबार, चैत्र १५, २०७४



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् ।

निर्वाचनपछि आज दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकी हुन्। बैठक शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई प्रदान गरेका थिए ।

संसद् बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउदा प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले स्वागत गरेका थिए। नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाइएको छ भने बैठक कक्ष र राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख महरा र अध्यक्ष तिमल्सिनाको आशनलाई विशेष आकर्षक बनाएको थियाे ।

राष्ट्रपतिभण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताएकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गरेकी छन् ।

195 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank