राष्ट्रपतिको सपथ आज ४ बजे, प्रधानन्यायाधीश पराजुलीले गराउने

बुधबार, फाल्गुन ३०, २०७४



काठमाडौं  । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ ४ बजेका लागि तय भएको हो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

प्रधानन्यायाधीश विवादमा तानिएकाले गर्ने की नगर्ने भन्नेमा बहस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश व्यक्ति नभएर सस्था भएकाले उनीबाटै गर्ने बताएका छन् । मंगलबार प्रधानन्यायधीश पराजुलीसँग प्रधानमन्त्रीले परामर्श गरेका थिए ।

265 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank