१८ सांसदले भोट हालेनन्, ८ सांसदले भोट हाल्नै जानेनन् (सूचीसहित)

मङ्लबार, फाल्गुन २९, २०७४



काठमाडौँ । राष्ट्रपति निर्वाचनमा १८ जना सांसदले भोट हालेनन् । संघीय संसदका पाँचजना र प्रदेश सभाका १३ सांसदले भोट हालेनन् । नयाँ शक्ति, नेमकिपाका संघ तथा प्रदेशका सबै सांसदले भोट हालेनन् प्रदेशसभामा मात्र प्रतिनिधित्व गरेको विवेकशिल पार्टीका सांसद पनि भोट हालेनन् ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय दलको मान्यताप्राप्त दलका केहि सांसदले समेत भोट हालेनन् । भोट नहाल्नेमा संघिय संसदतर्फ कांग्रेसका १, राजपाका २ जना छन् । अन्य २ जघिय संसदका अनुर हैसियतका सांसद हुन् ।
प्रदेशसभाका कांग्रेसका १, राजपाका ३, संघिय समाजवादी फोरमका १, नयाँ शक्तिका ३, विवेकशिल साझाका ३ र नेमकिपाका २ सांसद अनुपस्थित रहे ।

संघिय संसदका अनुपस्थित सांसद
डा. बाबुराम भट्टराई – नयाँ शक्ति नेपाल
जितेन्द्रनारायण देव– नेपाली कांग्रेस
रमेशप्रसाद यादव– राजपा नेपाल
रेशम चौधरी– राजपा नेपाल
प्रेम सुवाल – नेमकिपा

प्रदेशसभाका १३ अनुपस्थित सांसद
हिमबहादुर शाही कांग्रेस
बिना पन्त राजपा
कृष्ण बहादुर चौधरी राजपा
मनिष कुमार सुमन राजपा
हरिशरण आचार्य नयाँ शक्ति
धनमाया पोखरेल लामा नयाँ शक्ति
प्रेम बहादुर तामाङ नयाँ शक्ति
रमेश पौडेल विवेकशिल साझा
सोभा शाक्य विवेकशिल साझा
विराज भक्त श्रेष्ठ विवेकशिल साझा
सिर्जना सैजु नेमकिपा
सुरेन्द्र गोसाई नेमकिपा
प्रल्हाद गिरी गोस्वामी संघिय समाजवादी फोरम
जम्मा मतदाता ः ८८०
जम्मा खसेको मत – ८६२
सदर मत –८५४
बदर मत – ८ (संघ– ३ मत, प्रदेश– ५ मत)
नखसेको मत – १८
विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । बाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेशसभाका सांसदको ३९ हजार दुई सय ७५ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भइन् । उनले खसेको ५१ हजार पाँच सय १२ मतभारको करिब ७७ प्रतिशत ल्याइन् । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईले ११ हजार सात सय ३० मतभार पाइन् । नवनिर्वाचित राष्ट्रपति भण्डारीले बुधबार अपरान्ह ४ बजे राष्ट्रपति भवन सितलनिवासमा सपथ ग्रहण गर्नेछिन् ।

347 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank