राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोस्रोपटक निर्वाचित

मङ्लबार, फाल्गुन २९, २०७४



काठमाडौं । राष्ट्रपति विद्याादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरिन् ।

राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो ।  कुल खसेको ८ सय ६२ मतमध्ये भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै कांग्रेसका तर्फबाट राष्ट्रपतिकी प्रत्यासी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गररेकी छन् ।

186 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank