प्रेस युनियन बाजुराका अध्यक्ष रौले कांग्रेस बैठकमै कुटिए

सोमवार, फाल्गुन ५, २०७६



काठमाडौं । प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले माथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपीट गरेका छन ।  अध्यक्ष रौलेलाई कांग्रेसले बैठकमा बोलाएर योजनाबद्ध रुपमा मरणासन्न तरिकाले कुटपीट गरेका हुन ।

रेडियो पौरखीको विषयलाई लिएर राससकर्मी रौलेलाई कांग्रेस बैठकमा बोलाएर हिरेन्द्र रोकाया लगायतका व्यक्तिहरुले नेताहरुकै सामु कु्टपीट गरेको रौले जनाएका छन । गत शनिबार रेडियो पौरखीको स्टेशन म्यानजर पदको परिक्षा नियमसम्बद्ध नभएको भन्दै परिक्षा बहिस्कार गरेका रौलेलाई छलफलका लागि पार्टी कार्यालय बोलाएर पार्टी सभापति कविराज पण्डितकै अघि हातपात भएको रौलेले जनाएका छन । रौले माथि भएको आक्रमणको पत्रकार महासंघ बाजुराका साथै पत्रकाहरुहरुले भत्र्सना गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments