दिपायललाई प्रदेश राजधानी बनाउन भूमिका नखेलेको भन्दै सांसद आलेलाई कालोझण्डा

बुधबार, कार्तिक २८, २०७५



दिपायल । दिपायललाई प्रदेश राजधानी बनाउन भूमिका नखेेलेको भन्दै प्रतिनिधिसभा सदस्य तथा नेकपाका नेता प्रेमबहादुर आलेलाई उनको गृह जिल्ला डोटीमा कालोझण्डा देखाइएको छ।

जिल्ला समन्वय समितिले आयोजना गरेको निर्वाचन क्षेत्र विकास कोष सम्बन्धी कार्यक्रममा सहभागी हुन जाने क्रममा सांसद आलेलाई बुधबार कालोझण्डा देखाइएको हो।

दिपायल प्रदेश राजधानी बनाउने आश्वासन पूरा नगरेको भन्दै उनलाई कालो झण्डा देखाइएको हो ।  झुटा आश्वासन देखाएर निर्वाचन जितेको र पछि कुनै पहल नगरेको भन्दै स्थानियले चर्का नारा जुलुस समेत गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank