प्रिबजेट छलफल सकियो

सोमवार, बैशाख ३१, २०७५



काठमाडौँ, ३१ वैशाख । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभा बैठकमा आ.ब. २०७५/७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथिको छलफल सकिएको छ । यही बैशाख २६ गते देखि चार दिनसम्म चलेको प्रिबजेट माथिको छलफल अार्इतबार अर्थमन्त्री डा. युवराज खतिवडाले बैठकमा जवाफ दिएपछि सकिएको हो ।

चार दिन सम्म चलेको आ.ब.२०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)का सम्बन्धमा सांसदहरुले छलफलमा उठाएका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्री डा.खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने आफ्नो आफ्नो तयारी रहेको बताएका छन् ।

अर्थमन्त्री डा.खतिवडाले नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर मात्र बजेट ल्याइने पनि स्पष्ट पार्दैै रकमका लागि केन्द्रलाई ताक्ने र अधिकार मात्र आफू लिन खोज्ने प्रवृत्ति प्रदेश र स्थानीय सरकारले लिन नहुने पनि बताए ।
प्रिबजेट माथिको आजको छलफलमा सांसदहरु परशुराम मेघी गुरुङ, सुरेन्द्रराज पाण्डे, रामलखन चमार, नैनकला थापा, सरिता प्रसाईँ, खेमराज नेपाली, प्रमिला गुरुङ, दुर्गाप्रसाद उपाध्याय, ठगेन्द्रप्रसाद पुरी, महेशकुमार महरा र भैरवबहादुर श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्दै आउने बजेटका सन्दर्भमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए । राष्ट्रियसभाको अर्काे आगामी जेठ ३ गते ११ बजेका लागि बोलाइएको छ ।

174 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank