अभ्यास खेलमा नेपाललाई लगातार सफलता

शनिबार, अशोज ७, २०७४

loading...


काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो सफलता प्राप्त गरेको छ । चेन्नईमा आज भएको खेलमा नेपाली टोलीले आज तामिलनाडु ए लाई १ सय ४७ रनको फराकिलो अन्तरले हराएको थियो । शरद भेषावकरको शतक बनाएको खेलमा नेपाली टोलीले ३ सय ११ रन बनाएको थियो । जवाफमा तामिलनाडुलाई नेपालले ४५.३ ओभरमा अलआउट गर्दै १ सय ६४ रनमा सिमित गरेको थियो ।

३ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको तामिलनाडुलाई सस्तैमा आउट गर्ने क्रममा सन्दिप लामिछाने र सुशील कंडेलले समान ३ विकेट लिए । करण केसी , सागर पुन र ललित भण्डारीले समान १ विकेट लिए । तामिलनाडुका सत्यनारायणले ६७ रन बनाए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । शरदले १ सय रन बनाउँदै आउट भए । सागरले ७७ रन बनाए । शरद र सागर पुनले दोस्रो विकेटका लागि १ सय ४७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अघिल्लो खेलमा शतक बनाएका ज्ञानेन्द्र मल्लले ३१ रन जोेडे । ३७ बल खेलेका दीपेन्द्र सिंह ऐरीले बिष्फोटक ब्याटिङ गर्दै ८ चौका र ४ छक्काको मद्दतले ७३ रन बनाए । खराब ब्याटिङलाई निरन्तरता दिएका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले ७ रन जोडे । इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका सोमपाल १० रनमा नट आउट रहे ।

यसै महिनाको अन्तिममा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत भ्रमणमा रहेको छ । नेपालले चौथो तथा अन्तिम अभ्यास खेल सोमबार खेल्नेछ । नेपाल र हङकङबीच असोज २७ र २९ गते हङकङमा प्रतिस्पर्धा हुनेछ ।

232 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank