कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश हुँदै

आज प्रतिनिधिसभाको बैठक बस्दै

बिहिबार, फाल्गुन २९, २०७६



काठमाडौं । आज(बिहिबार) संघीय संसद आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने संसद सचिवलयले जनाएको छ ।

बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुने संसद सचिवालयको कार्यसूचीमा रहेको छ । बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने छन् ।

अघिल्लो बैठकमै पेश गरिने कार्यसूची रहेपनि समय अभावका कारण आजका लागि सारिएको हो । भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले पनि नेपाली भूभाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिइसकेको छ ।

बैठकमा धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश हुनेछ । त्यस्तै कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विद्येयक प्रस्ताव पनि बैठकको कार्यसूचीमा राखिएको छ ।

त्यस्तै राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments