यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण

शुक्रबार, चैत्र २९, २०७५



काठमाडौँ । महालेखा परिक्षण कार्यलयले आज (शुक्रबार) आव २०७५ / ७६को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार नेपालीहरुको ऋणको भार बढेको देखिएको छ  ।

उक्त प्रतिवेदन अनुसार  यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । यो सँगै नेपालीको थाप्लोमा ऋणको भार गत बर्ष भन्दा सात हजारले बढेको छ । महालेखाले यो बर्ष ६ हजार ६ सय ४४ निकायको रु ५१ खर्ब ६० अर्ब, ९२ करोडको लेखा परीक्षण गरेको छ ।

जसमा संघीय सरकारी कार्यालय अन्तर्गत ५.२९ प्रतिशत वेरुजु देखिएको छ भने प्रदेश सरकारी कार्यालय ७.२५ प्रतिशत वेरुजु देखिएको छ ।त्यस्तै स्थानीय तहतर्फ ४.२२ र समिति तथा अन्य संस्था ४.०९ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank