राजपा सांसद साहको सेवासुविधा रोक्ने संसद सचिवालयको निर्णय

बुधबार, अशोज २९, २०७६



काठमाडौं । जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोद साहको सेवा सुविधा रोक्न संसद सचिवालयले निर्णय गरेको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेको नेतृत्वमा बसेको संसद सचिवालयको बैठकले उक्त निर्णय गरेको हो।

उडान ढिलो भएको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए । साहले भने बिरामी काठमाडौं लैजान ढिलो गरिएको भन्दै आक्रोशमा तोडफोड गरेको स्वीकार गरेका थिए । उनलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरि धनुषा पठाएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata