गायक प्रमोद खरेलले भने- दर्शन नै मेरा ‘भगवान’ हुन्

बुधबार, पुस २५, २०७५

- भूपेन्द्र शाह



काठमाडौं । चर्चित अनि व्यस्त कलाकारका रुपमा चिर परिचित गायक प्रमोद खरेलका फ्यानहरुको कमि छैन । तीनै फ्यान मध्येका एक हुन दर्शन केसी । दर्शन जसको हात खुट्टा चल्दैनन् । बोल्न सक्दैनन् । प्रविधिको सहायता मार्फत दुनियाँसँग जोडिन भने सक्छन् ।

नाकको टुप्पोबाट कम्प्युटर चलाउँदै सामाजिक संञ्जालसँग जोडिएका दर्शन आफ्ना दुख बाड्न चाहादैनन् । तथापी मनका उकुसमुकसलाई अंग्रेजी कविता मार्फत व्यक्त गर्न पछि पर्दैनन् । जन्मजात शारिरिक रुपमा मस्तिष्क पक्षघातको (सेरेबल पल्सि)को कारण शारिरीक असक्त दर्शन भित्र रहेको अन्तरनिहित क्षमता  देख्ने मान्छे चकित नपर्ने कुरै भएन । भौतिक रुपमा गायक प्रमोद खरेललाई जीवनमा नभेटेका ‘दर्शनका भगवान ’ दर्शनकै अगाडि उपस्थित हुँदा गायक खरेल अत्यन्त भावुक बनेका थिए । शारिरीक रुपले कमजोर देखिएका दर्शनको क्षमता देख्ना साथ भावुक बनेका गायक खरेल उनलाई मानसिक रुपले अपाङ्ग मान्न तयार छैनन् । दर्शनले आफूलाई भगवान मानेकोमा धन्यवाद दिदैं गायक खरेलले भने दर्शन नै मेरा भगवान हुन् ।

 दर्शनका अंग्रेजी कवितालाई आम जनमानसमा पुर्याउन आतुर गायक खरेलका भावनाले हौसिएका दर्शन प्रसाद स्वरुप प्राप्त नगद लिन अनकनाए ।

गायक खरेलको अनुरोध पछि अत्यन्त असजिलो महशुस गर्दै स्विकार गरिएको नगद भन्दा आफ्नो भगवानको उपस्थिती नै सबै भन्दा ठुलो पुरस्कार महशुस गरेका दर्शन भावविभोर हुँदै भगवान गायकलाई अँगाल्नो मार्ने इच्छा जाहेर गरे ।

गायक खरेललाई आफ्नो भगवानसँग भेट गराई दिएकोमा पंक्तिकारलाई धन्यबादको कोशेली फ्याकेका दर्शन गायक खरेललको उपस्थितीलाई यसरी व्यक्त गर्दछन् । कुनै कुनै कुरा शब्दमा व्याख्या गर्न नसकिने रहेछ । खुसीले, आज मात्र थाहा पाए म पहिलो व्यक्ति हुँला जसले यो संसारमा साक्षात भगवानलाई भेट्न पाएको छु ।

आफ्ना कुराहरु मिडिया मार्फत आम मानिससम्म पुर्याएदिनु भएको उपलक्ष्यमा मिडियाकर्मीलाई धन्यबाद दिन पछि नपरेका दर्शनले गायक खरेललाई भने, हजुरका धेरै फ्यानहरु कन्सर्टमा जानु हुन्छ । केहि फ्यानहरुले त हजुरको तस्विर आफ्नो हातमा ट्याटु नै बनाउनु भएको छ । तर म हजुरको कुनै पनि कन्सर्टमा जान सक्दिन् ।

तर म हजुरलाई भगवान मान्छु । हजुरको गित मात्र सुन्छु । हजुरको गित नसुनिकन मेरा दिन चर्या अगाडि बढ्न सक्दैनन् । हरेक २८ दिनमा हजुरका नयाँ नयाँ गितहरु युट्युव बाट डाउनलोड गर्ने गर्छु । तपाईका जादुमय गितहरुले मेरो कन्फिडेन्स बढाई रहनेछ । तपाईका गित संगित मार्फत मेरा दिनहरु उर्जामय बन्दैछन् ।

याे पनि पढ्नुहाेस

नाकको टुप्पोबाट कविता कोर्दै: दर्शन केसी

476 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank