सरकार विरुद्ध सशक्त प्रतिवादमा गर्ने नेता सिंहको चेतावनी

शुक्रबार, मंसिर २१, २०७५



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा अाेली सरकार बिरुद्ध सशक्त रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।  शुक्रबार राजधानीमा क्षेत्र नं ८ का क्षेत्रीय सभापति जुद्धरत्न बज्राचार्यको स्मृतिमा  आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

 प्रधानमन्त्री ओलीले  केही काम गर्न नसेकेर बुद्धिजीवीहरु प्रति गरेको टिप्पणीलार्इ सरकार असफल भएकाे बुझनु पर्ने बताए ।  सरकारको कामका बारेमा सतारुढ दलकै नेताहरुका अभिब्यक्तिले सरकारबाट केही अासा गर्न नसकिने बताए ।  उनले सरकार कतिको बलियो छ कति को प्रभावकारी रहेको छ भन्ने स्पस्ट भईसकेको समेत बताए ।

 जनताले सरकार कता छ भनिरहेको समयमा  प्रतिपक्षीले के गर्यो भन्ने आवाज उठिरहेकोले आफुहरुले पनि अब प्रभाकारि भुमिका खेल्ने  बताएका छन् ।  उनले सरकार बिरुद्ध अबका दिनमा सशक्त रुपमा खबरदारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । काठमाडौ सभापति र काठमाडौ कांग्रेसका नेताहरुलाई ईगित गर्दै राजधानीमा तत्कालै प्रभावकारी कार्यक्रम तय गरेर आन्दोलनमा उत्रिन कडा निर्देशन दिएका छन् ।

सरकारले सर्वसाधारणकाे  जनजीविकाकाे सवाललार्इ अस्तब्यस्त बनाउँदा अाफूहरु  टुलुटुलु हेरर बस्न नसक्ने जनाउँदै काग्रेसले  शसक्त प्रतिबादमा उत्रिनु पर्नेमा जाेड दिए ।  कार्यक्रममा केन्द्रीय सदस्य नबिन्द्रराज जोशी, काठमाडौ जिल्ला सभापति सबुज बानिया,  दिव‌गत  बज्राचार्यका छोरा उज्लल बज्राचार्य लगायतले दिवगत जुद्धरत्न बज्राचार्यको योगदानका बारेमा चर्चा गरेका थिए ।

90 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank