पार्टी संस्थागत रुपमा चल्न सकेन: नेता सिंह

बिहिबार, जेष्ठ ३०, २०७६



पर्सा । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले पार्टी संस्थागत रुपमा चल्न नसको बताएका छन् । उनले लोकतान्त्रीक पार्टी नै संस्थागत चल्न नसक्नु दुखद र मुख्य चुनौति रहेको बताए ।

बिहिबार नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले विरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सांसद सिंहले देश भर कांग्रेस प्रति जनचासो बढिरहेको छ ।  आकर्षक कार्यक्रम दिन नसकेकाले अलमलको स्थितीमा कांग्रेस रहेको बताए ।

फरक प्रशंगमा बोल्दै सांसद सिंहले सरकार एकपछि अर्को बिवादास्पद मुद्दामा फसिरहेको बताउँदै जनभावनको ख्यालै नगरि मनोमानि ढंगले प्रस्तुत हुनु दुखद रहेको बताए । उनले त्यसको जोलन्त उदाहरण गुठी विधेयक रहेको बताए । राजधानीवासीहरु उक्त विधेयक विरोध आन्दोलित भइरहेका छन भन्दै बिधेक फिर्ता नलिए देश ब्यापी आन्दोलन गरिने समेत चेतावनी दिए ।

मुलुको संकृति ऐतिहासिक धर्म संसकारको नष्ट गर्ने गलत मनसायका साथ यो बिधेक आएको भन्दै कम्निस्ठ शासनको शुरुवातको प्रयास भैरहेकाले सजक रहन अपिल समेत गरे ।

कांग्रेस भित्र डाईनामिक नेताको खोजि भैरहेको छ । गतिशिल मजबुद कांग्रेसको अपेक्षा मुलुकले गरिरहेकोमा उनले जाेड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata