नेतृत्वको कमजोरी कै कारण कांग्रेस प्रति जनताको अविश्वास : नेता सिंह

आइतवार, बैशाख १५, २०७६



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वको कमजोरी कै कारण जनताले कांग्रेस प्रति विश्वास गुमाएको बताएका छन् । नेपाली कांग्रेस संखुवासभा क्षेत्र नं २ ले चैनपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सिंहले कांग्रेसले जनता र मुलुकको हितमा महत्त्वपूर्ण काम गर्दा  पनि जनताले बिश्वास गर्न नसक्नु नेतृत्व प्रतिको अविश्वास कै कारण भएको बताए ।

जनता कांग्रेसको पक्षमा छन । कांग्रेस राम्रो होस भन्ने चाहन्छन । तर कांग्रेस बिधि बिधान अनुरुप चल्न नसकेकाले साथै  भेदभावपूर्ण व्यवहार पार्टीमा माैलाउँदै गएकाले जनताले काग्रेस प्रतिकाे विश्वास गुमाएकाे बताए । उनले आम कार्यकर्तामा उर्जा भर्न नसकिएको बताउँदै,पार्टी भित्र आन्तरिक सुदृढीकरण गरेर अगाडि बढ्नुको बिकल्प नभएकाेमा जोड दिए।

आगामी दिनमा हिजोका मनमुटाव छाडेर एक ढिक्का हुँदै संगठन निर्माणमा जुट्नु पर्नेमा जोड दिए । वर्तमान सरकार स्वइच्छ्चारी ढगले चलेकाले आगामी दिनमा सडकदेखि सदनसम्म शसक्त रुपमा प्रस्तुत हुनु पर्ने बताए । सरकारकाे हरेक कदम जनअपेक्षा अनुरुप नभएकाले लोकतन्त्रको बचाउ र समृद्धिको यात्रा कांग्रेसले मात्र पुरा गर्न सक्ने भन्दै पार्टी संगठन मजबुत बनाएर अघि बढ्नु पर्नेमा नेता  सिंहले जोड दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बलबहादुर केसिले अब पनि कांग्रेसले आफुलाई सुधार गर्न नसके कांग्रेस अहिले झनै कमजोर हुने बताउँदै सबै मिलेर पार्टी सुधारको अभियानमा लाग्न जाेड दिए । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य सरिता प्रसाईं लगायतले  मनतव्य राखेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank