सरकार कुरा सुशासनका गर्छ, काम भने भ्रष्टाचार – नेता सिंह

शुक्रबार, पुस २७, २०७५



कैलाली । नेपाली कांग्रेसका नेता प्रकाशमानसिंहले वर्तमान दुई तिहाईको सरकार कुरा सुशासनको गर्ने काम भने भ्रष्टाचारीलाई प्रसय दिने गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कु्रा बताएका हुन् ।

नेता सिहले सबैभन्दा लाज मर्दो बिषय संसदीय समितिले प्रतिबेदन नै नआउँदै आत्तिएर संसदको क्षेत्र अधिकार लाई हस्तक्षेप हुनेगरि रातारात छुट्टै समिति बनाउनुले सरकार को नियत ठिक नभएको र भ्रस्टाचार लाई प्रसय दिने गरेको आरोप लगाए ।

उनले सरकार आर्फैं त्यस्तो कामम लागिरहेको होकि भन्ने आशंका जन्माएको बताएका छन् । यदि सरकार को नियत ठिक थियो भने बिषय बाहिर आउने बितिकै छानबिन गर्न चासो दिन सक्थ्यो भन्दै जब छानबिन समितिले हात हाल्यो रिपोर्ट नआउँदै हतासमा संसदलाई बाईपास गरेर सरकार अगाडि बढेकाले थुप्रै बताएका छन् । उनले सरकार सबै क्षेत्रमा असफल हुँदै गएको समेत दावी गरे ।

शान्तिसुरक्षा कायम गर्न सुशासन दिन विदेश नीति सबै कुरामा असफल भयको भन्दै सतारुढदल भित्र को कचिंगलले पनि अब नाम दुइतिहाई काम मा अलमलिएको भन्दै आफुहरु संसदमा कडा रुपमा प्रस्तुत हुनु परेको जिकिर गरे ।

उनले फरक विषयमा बोल्दै नेपाल विद्यार्थी संघको निर्वाचित कमिटीले काम गरोस भन्ने आफ्नो चाहाना थियो अब समय हुदा काम नगर्नेहरु बाट आस गर्न नसकिने भन्दै कमिटीको म्याद थप्न नहुने धारणा राखेका छन् । नेविसंघको नयाँ महाधिवेशन तयारी समिति गठन गरि स्वबियु चुनावी समेत गर्न सकने कमिटि बनाउनु पर्नेमा जोड दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank