समस्यामा परेका विपन्न र असहायको सहयोगमा जुटौँ:नेता सिंह

बुधबार, चैत्र २६, २०७६



काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समस्यामा परेका विपन्न र असहायको सहयोगमा जुट्न आग्रह गरेका छन् ।  बुधवार सामाजिक सञ्जाल मार्फत नेता सिंहले वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उक्त कुरा बताएका हुन ।

वि.स. २०४६ सालमा आजकै दिन सर्वोच्च कमान्डर सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनबाट तानाशाही पञ्चायती व्यवस्था अन्त्य भई बहुदलीय व्यवस्था पुनः स्थापना भएको स्मरण गरेका छन् । उनले भनेका छन्,आज नेपाली जनताको जित भएको ऐतिहासिक दिन हो । यस विशेष दिनको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै प्रजातन्त्र प्राप्तिको जनआन्दोलनमा आफ्नो ज्यान बलिदान गर्नु हुने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

विभिन्न कालखण्डमा हामीले सडकमा मानव सागर ओरालेर राजनीतिक लडाइ जित्यौँ । अहिले विश्वव्यापी महामारीको रूपमा देखिएको कोरोना भाइरसलाई हामी सबै मिलेर परास्त गर्नुपर्ने चुनौती छ । घरमै सुरक्षित बसेर कोरोना भाइरस विरुद्ध लडौँ । आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ । समस्यामा परेका विपन्न र असहायको सहयोगमा जुटौँ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments