सरकार प्रति नागरिकको विश्वास गुम्दै गइरहेको छ: नेता सिंह

मङ्लबार, भदौ १०, २०७६



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार प्रति नागरिकको विश्वाश गुम्दै गएको आरोप लगाएका छन ।
उनले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी गरे ।

भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुलठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन् उनले भने । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको  २३ औं स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेता सिंहले भने, यसबाट सरकारप्रति नागरिकको भरोसा गुम्दै गइरहेको छ ।

सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको उनको भनाइ छ । यसको परिणाम दुर्भाग्यपूर्ण हुने भन्दै उनले सतर्क रहन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।

पछिल्लो समय जनसरोकारका विषयमा कांग्रेस खरो उत्रन नसकेको भन्दै आलोचना भइरहेको छ । तर, नेता सिंहले जनसरोकारका विषयमा मौन नबसेको दाबी गरे । यद्यपि, उनले जनअपेक्षा अनुरूप उत्रन नसकेको भने स्वीकारे ।

जनसरोकारका विषयमा विषयमा कांग्रेस मौन बस्यो भन्नु सही होइन, हामी आवाज उठाइरहेका छौ उनले भने, तर जति हुनुपर्ने त्यो नभएको हुनसक्छ ।

उनले मंगलादेवी सिंहको व्यक्तित्व र कीर्तित्वको चर्चा गर्दै उनको उचित मूल्यांकन हुन नसकेको गुनासो गरे । मंगलादेवी नेपाली महिला आन्दोलनकी अग्रणी मानिन्छन् । उनी कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहकी श्रीमती तथा नेता प्रकाशमान सिंहकी आमा हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata