राजनीतिमा त्याग र निष्ठाको कदर हुन छोड्यो: नेता सिंह

आइतवार, असार १५, २०७६



रुपन्देही । नेपाली कांग्रेसका सांसद तथा नेता प्रकाशमान सिंहले राजनीतिमा त्याग र निष्ठाको कदर हुन छोडेको बताएका छन ।

नेपाली कांग्रेस बुटवलले आइतबार रुपन्देही जिल्ला पार्टी कार्यालयमा आयोजित लौह पुरुष गणेशमान सिहको अर्धकदको सालिक अनावरण कार्यक्रममा बोल्दै गणेशमान पुत्र सिंहले नेपाली राजनीतिमा  त्याग र  निष्ठाको सम्मान हुन छाडेकोमा दुख व्यक्त गरे ।

उनले देश र जनताको हित नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर राजनीति गर्ने गणेशमान सिंह जस्ता राजनेताहरुको जीवनीलाई पन्छाएर पद नै सबै भन्दा ठुलो कुरा भनेर आफू र आफ्ना लागि पद लिन जे सुकै गर्ने प्रचलन हाबि हुनु नै आज मुलुकको दुर्दशाकाे कारण भएकाे उल्लेख गरे  ।

फरक प्रशंगमा बोल्दै उनले वर्तमान सरकार सबैभन्दा डरपोक सरकार रहेको दाबी गरे । आफू शक्तिशाली बन्ने धुनमा कमजोर प्रधानमन्त्रीले गर्ने क्रियाकलाप गर्ने गरेको बताए । पछिल्लो समय प्रधानमन्त्रीका गुनासा र रोदनले काम गर्न नसकेको प्रष्ट पारे ।  चमत्कार गरेर देखाउन सक्ने हैसियत हुँदा हुँदै प्रधानमन्त्री ओली अत्यन्तै निरिह बनेको देख्दा आफूलाई  दुख लागेको जनाए ।

शान्तिपूर्ण विरोध प्रदर्शन र आलोचनालाई सुन्नै नसुक्ने अवस्थामा सरकारको गतिविधि पुगेको आरोप लगाए । शान्ति सुरक्षा कायम राख्न सरकार असफल भएको दाबी गरे ।

आफ्नै पार्टी प्रति लक्षित हुँदै नेता सिंहले भने, कांग्रेसको वर्तमान अवस्थाको मुख्य कारण पार्टी नेतृत्वले विधि, पद्धती र विधानलाई लत्याउनु हो । काम नगर्नेहरुलाई बिधान अनुसार काम गर  भन्नू  बिरोध नभएर पार्टीको भलाईको निम्ति हो भन्ने नेतृत्वले बुझ्न नसकेको वा नचाहेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेस नेता बालकृष्ण खाँणले सरकारको कडा आलोचना गर्दे सरकारका अलोकतान्त्रिक गतिविधिको विरुद्ध देशभर शान्तिपूर्ण आन्दोलन चर्काउने घोषणा गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata