कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारकाे निर्णय गलत :सांसद सिंह

आइतवार, जेष्ठ २५, २०७७



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै काँग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठिक भएको बताए । उनले गृहमन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारीमा काम गर्नुपर्ने पनि बताए ।

तर, महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप लगाए ।  सरकार राजनीतिक,आर्थिक र कूटनीतिक रूपमा असफल भइसकेको उनको भनाई थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments