कांग्रेसलाई बलियो हुन् नेता सिंहको आग्रह

शनिबार, कार्तिक १६, २०७६



काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन् । आज(शनिबार) राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कार्यकर्ता जिम्मेवार बने मात्र कांग्रेस बलियो हुने भन्दै यसतर्फ गम्भीर हुन आग्रह गरेका हुन् ।

फरक प्रसंगमा उनले वर्तमान सरकारले जनताले दिएको जनादेश पूरा गर्न नसकेको बताएका छन् । बजार महंगी, चरम असुरक्षा, नैतिक आचरणमा समेत हरेक दिनका गतिबिधिले दुई तिहाईको हैसित जनता सामु प्रष्ट भएकाले सरकार असफल भएको उनको दाबी छ ।

सरकारले राम्रो काम गरोस् भन्ने जनचाहानालाई समयमा नै सम्बोधन गर्न अझै पनि सचेत रहन सुझाव दिँदै उनले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका खेल्ने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata