गुठी सम्बन्धी विधेयकले मूल मर्ममा प्रहार गर्न खोज्यो: सांसद सिंह

बुधबार, जेष्ठ २९, २०७६



काठमाडौं ।   नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकले गुठीको मूल मर्ममा प्रहार गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख ले प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए ।

आफ्नो धारणा राख्दै नेता सिंहले गुठीलाई व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी गुठीलाई नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति प्रकट गरे ।

सांसद सिंहले संबिधानले समेत निजी सम्पत्ति, गुठी, संघ संस्थालाई जोगाउने ग्यारेन्टी गरेकोमा सरकारले निजी सम्पत्तिमाथि आउने दिनमा राज्यको नियन्त्रणमा राख्ने प्रयास गरेको बताए ।

विधेयक सरोकारवाला गुठीयारसँग समेत छलफल बिना नै ल्याएको बताउदै हजारौ बर्षदेखी चल्दै आएको संस्कार र्संस्कृतिलाई जोगाउनु पर्नेमा सरकारले गुठीको मूल मर्ममा प्रहार गर्ने किसिमले, खराब नियतले ल्याएको आरोप लगाए ।
सांसद सिंहले गुठी विधेयक तत्काल फिर्ता लिएर सरोकारवालाहरुसँगको छलफल पछि मात्र विधेयक ल्याउन माग गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank