बालुवाटार प्रकरणमा कांग्रेसकै नेता भए पनि कार्बाही हुनुपर्छ: नेता सिंह

मङ्लबार, बैशाख १७, २०७६



संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषि भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा समेत मुछिएको प्रसंगबारे प्रश्न सोधिएको थियो । त्यसको जवाफमा सिंहले भने, कांग्रेसका नेता हुन या अरु कुनै पार्टीका हुन, यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजाय दिनुपर्छ ।

उनले कांग्रेसले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाएको दावीसमेत गरे । फरक प्रसंगमा उनले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाए । सरकारसँग दुई तिहाई बहुमत छ ।  संविधान केही होइन । कानुन केही होइन ।  भनेर रवैया देखाइरहेको छ, उनले भने ।

उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे । सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको उनले बताए ।

नेपाली कांग्रेसले शुरु गरेकाे  राष्ट्रिय जागरण अभियान अन्तरगर्त कांग्रेस नेता सिंह पूर्वी नेपालका जिल्ला भ्रमणमा छन् । केन्द्रीय सदस्य बलबहादुर केसी सरिता प्रसाईंसहित आधादर्जन पूर्व सांसद र आधा दर्जन जिल्ला सभापतिसहित सिंह दुई दिनदेखि संखुवासभा जिल्लाका कार्यक्रममा व्यस्त छन् । उनले सोमबार निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनको स्थलगत निरीक्षण समेत गरेका थिए

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata