“”

प्रकाशमानका लागि सुनौलो मौका

सोमवार, फाल्गुन २१, २०७४



नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा दुई तिहाई मतले निर्वाचित भएका छन् । सर्वसम्मतिको प्रयास असफल भएपछि दलको नेताका लागि काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान भएको थियो । ६३ मत खसेकोमा देउवाले ४४ र प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत प्राप्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका थिए भने केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गरेका थिए । देउवा संस्थापन पक्षबाट र सिंह वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मैदानमा उत्रिएका हुन् ।

सिंहका लागि जित वा हार जे भएपनि इतिहास रच्ने सुनौलो मौका बनेको छ । सभापतिलाई पराजित गर्न नसकेपनि भविश्यका लागि बाटो सुनिश्चित हुने सिंहको बुझाइ छ ।

निर्वाचनअघि यस्तो थियो अंकगणित
संस्थापन : ३९
संस्थापन प्रत्यक्ष : ११ सांसद
देउवा डडेल्धुरा, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, सीताराम मेहता सुनसरी २, विजयकुमार गच्छदार सुनसरी ३, प्रदीप गिरि सिरहा १, मोहन आचार्य रसुवा, अमरेशकुमार सिंह सर्लाही ४, भरत शाह रूपन्देही ५, देवेन्द्रराज कँडेल नवलपरासी २, प्रमोदकुमार यादव रुपन्देही ४ र अभिषेकप्रताप शाह कपिलवस्तु ३ विजयी भएका छन् ।

संस्थापन समानुपातिक २८
बालकृष्ण खाण, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, बहादुरसिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय, पद्मनारायण चौधरी, अतहर कमाल मुसलमान, रामबहादुर विष्ट, पुष्पा भुसाल गौतम, डिला संग्रौला, उमा रेग्मी, रंगमति शाही, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुजाता परियार, लक्ष्मी परियार, चित्रलेखा यादव, मिनाक्षी झा, पार्वती डिसी चौधरी, सर्वत आरा खान

पौडेल पक्ष : २०
प्रत्यक्ष : ९
प्रकाशमान सिंह काठमाडौं १, डा. शशांक कोइराला नवलपुर १, डा. मीनेन्द्र रिजाल मोरङ २, डा. नारायण खड्का उदयपुर १, राजन केसी काठमाडौं १०, अफताव आलम रौतहट २, देवीप्रसाद तिमल्सिना रौतहट ४, तेजुलाल चौधरी सप्तरी ४, सञ्जय गौतम बर्दिया १ छन् ।

पौडेल पक्ष समानुपातिक ११
सुजाता कोइराला, मीना पाण्डे, प्रमिला राई, विमला नेपाली, सीतादेवी यादव, दिलेन्द्रप्रसाद बडू, कर्मा घले, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारी, प्रकाश स्नेही रसाइली, नमिताकुमारी चौधरी ।

सिटौला पक्ष : तीनजना
उमाकान्त चौधरी बारा १, गगनकुमार थापा काठमाडौं ४ र भीमसेनदास प्रधान काठमाडौं ६ छन् ।
उद्योगी विनोद चौधरी कतै पनि खुलेका छैनन् ।

455 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank