नेतृत्व व्यक्तिवादी भएकाले कांग्रेस कमजोर भएको हो : नेता सिंह

बुधबार, चैत्र १४, २०७४



नेपालगन्ज । नेपाली का‌ग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट का‌ग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले भने—“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै कांग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।”

नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो बताए ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले कांग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्छ भने ।

अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भने –“अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank