पत्रकारहरूलाई सुरक्षित भएर कार्य गर्न आग्रह गर्दछु: नेता सिंह

मङ्लबार, जेष्ठ १३, २०७७



काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पेसागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूलाई सुरक्षित भएर कार्य गर्न आग्रह गरेका छन ।

मंगलबार प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा शुभकामना दिदैं नेता सिंहले उक्त कुरा बताएका हुन । उनले शुभकामना सन्देशमा भनेका छन, नेपालका लोकतन्त्रवादी श्रमजीवी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन स्थापनाको २९औँ वर्ष प्रवेशका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । देशमा लोकतन्त्र स्थापना र जनताको हक अधिकारको पक्षमा खेल्दै आएको भूमिकाका लागि नेपाल प्रेस युनियनलाई धन्यवाद पनि दिन चाहन्छु ।  साथै कोरोना भाइरसको कहरमा पनि आफ्नो पेसागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूलाई सुरक्षित भएर कार्य गर्न आग्रह समेत गरेका छन ।

देशमा लोकतन्त्र र जनताका हक अधिकारसहित जनताको बलिदानबाट प्राप्त परिवर्तनका उपलब्धिमाथि अहिले पनि विभिन्न कोणबाट प्रहार सुरु भएको उल्लेख गरेका छन। यो अवस्थामा नेपाल प्रेस युनियनको भूमिका थप बढेको छ । इतिहासमा जस्तै आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने सक्षम प्रेस युनियन अहिले आवश्यकता हो भन्ने लागेकाे जनाएका छन ।

नेपालको सीमामा अतिक्रमणपछि आफ्नो भूमि रक्षाको पक्षमा देश एक ढिक्का भएका बेला राष्ट्रियतालाई बलियो बनाउन पनि म सबैमा हार्दिक अपिल गर्दछु शुभकामना सन्देशमा भनिएकाे छ । उनले कोरोनाको विपत्तिमा सरकारको तर्फबाट अझै ठोस प्रभावकारी जनअपेक्षा अनुरूपका कार्यक्रम ल्याउन फेरि पनि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन । स्वदेश तथा विदेशमा रहेका प्रत्येक नागरिकलाई सरकार अभिभावक हो भन्ने बोध हुने गरी काम गर्न पनि अपिल गरेका छन ।

नेता सिंहले यति बेला फेरि पनि सबै खाले जटिलतालाई नेपालीहरूको एकता र सहकार्यमा मात्रै परास्त गर्न सकिन्छ भन्ने कुराको हेक्का राखेर अघि बढ्न सबै राजनीतिक दलहरूमा सुझाव दिएका छन ।  उनले मूलकका सामु देखिएका तमाम जटिल विषयमा नेपाल प्रेस युनियनले आफ्नो भूमिकालाई थप प्रखर बनाउँदै यो अति संवेदनशील क्षण मा आफू सुरक्षित रहँदै निरन्तर खबरदारी गरिरहन समेत अाग्रह गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments