नसा !

मङ्लबार, चैत्र १२, २०७५

- प्रज्वल दीप



=== नसा ===

सोँचेको थिएँ !
तिमी सम्झनामा आउँछौ,
सपनामा आउँछौ,
तर नसोचेको,
तिमी यसरी साँझमा नआउनु थियो आइहाल्यौ!

सिरमा फूल फुलाएर,
ओठमा मुस्कान डुलाएर,
गुनगुन गर्दै गर्दै तिमी
बिहान सबेरै आउनुपर्ने,
तर नसोचेको तिमी यसरी साँझमा नआउनु थियो आइहाल्यौ!
यो साँझमा!
न तिमीलाई म पाहुना मान्न सक्छु !
न तिमीलाई आफ्नो भैसकेकी ठान्न सक्छु!

अब ,
झ्याल हल्लिदैन!
ढोकाको चुकुल खुल्न अटेरी गर्छ,
पङ्खा फत्फत्ताइरहनेछ,
भगवानको मुर्तिले भित्तो हेर्नेछ,
यो बेला म मातेको हुनेछु!
तिमी यसरी मेरो घरमै त नआउनु थियो आइहाल्यौ!

आज मलाई यसरी प्रेम चढ्नेवाला छ,
म औधी मातेर ,
यादहरु ओकल्न थाल्नेछु ,
र लठ्ठीएर ढल्नेछु तिम्रो छातिमा!
मेरो पागलपन चढ्नेछ!
सतर्क रहनु !
प्रेम चढ्यो भने नसा बहुत प्रेमिल लाग्ने छ!

✍️ प्रज्वल दीप

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata