प्रजातन्त्र दिवसको अवसरमा ३ सय २९ कैदीको कैद मिनाहा

बुधबार, फाल्गुन ७, २०७६



काठमाडौं । विभिन्न कसूरमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका ३ सय २९ जना कैदी जेलमुक्त हुने भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम उनीहरूलाई कैदबन्दी मिनाहा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर मन्त्रिपरिषदको सिफारिसअनुसार ती कैदीबन्दीलाई माफी दिइएको जनाएको छ ।

जेलमा ५० प्रतिशत कैद सजाय भोगिसकेका असल चालचलन भएका कैदीलाई प्रजातन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments