जम्मु-कश्मीरबारे भारत गम्भीर छ भन्ने विश्वासमा छौं: परराष्ट्रमन्त्री ज्ञवाली

सोमवार, भदौ २, २०७६



काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जम्मु-कश्मीरबारे नेपालको धारणा व्यक्त गरेका छन ।  पछिल्लो समय अन्तराष्ट्रिय जगतको ध्यान खिच्न सफल जम्मु-कश्मीरमा भारतले अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएर जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोस्दै लद्दाखलाई अलग राज्य बनाएको छ ।

उक्त घटनालाई लिएर पराष्ट्रमन्त्री ज्ञवालीले जम्मु-कश्मीरमा रहेका नेपालीहरुको शान्ति सुरक्षाका लागि नेपाली दुतावास लागिरहेको बताए । सोमबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञावलीले भने, नेपाल सार्कको अध्यक्ष समेत हो । शान्ति प्रकृया खलबलिन नदिन उनले भारतसँग आग्रह गरेका छन ।

नेपालले घटनाका सम्बन्धमा नजिकबाट नियालिरहेको बताउँदै भारत यस मामलामा गम्भीर रहेको छ भन्ने विश्वास रहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata