प्रद्योतनलाई दुई स्वर्ण

मङ्लबार, जेष्ठ २२, २०७५



क्यानडा ।

नेपाली खेलाडी प्रद्योतन निरौलाले क्यानडाको टोरन्टोमा सम्पन्न क्यान एम च्याम्पियनसिपमा दुई स्वर्ण हात पार्न सफल भएको टोरन्टोबाट प्रशिक्षक राजु गड्तौलाले जानकारी गराएका छन् ।

१९ जेष्ठमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा प्रद्योतनले आफ्नो उमेर समूहको पुम्से र ग्योरोगीमा गरि दुई स्वर्ण हात पार्न सफल भएको प्रशिक्षक गड्तौलाले बताए ।

एडमण्टन अल्बर्ट क्यानडामा संचालित हिमालयन तेक्वान्दोमा प्रशिक्षण लिई रहेको नेपाली ८ खेलाडीहरुले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । जसमा स्माईल खत्रीले एक स्वर्ण र एक रजत, गिब्सन ढकालले एक स्वर्ण, जोनिस चौधरीले दुई रजत, विनय खड्काले एक रजत र एक कास्य, जेम्स चौधरी, सुभम अधिकारी र सुभम लुईटेलले एक÷एक रजत पदक हात पार्न सफल भएको प्रशिक्षक गड्तौलाले जानकारी गराए ।

एक कुशल प्रशिक्षकका कारण आफ्ना बच्चाहरुले अन्तराष्ट्रिय एरिनामा पदक हात पार्दै राष्ट्रको शान र मान बढाउन सफल भएको अभिभाबक शाम्भबी नेपालले बताईन् । हिमालयन तेक्वान्दाले विगत १८ महिना देखि क्यानडामा नेपाली लगायत बिदेशी खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै आईरहेको छ ।

106 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank