संसदीय समितिका सभापतिद्वारा पदभार ग्रहण

आइतवार, बैशाख १६, २०७५



प्रदेश नं ४ का चारवटै संसदीय समितिका सभापतिले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

समितिको सभापतिका लागि निर्धारित निर्वाचन तालिकाअनुसार चारवटा समितिमा एक÷एक जनाको मात्र उम्मेदवारी परेपछि विधायन समितिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसका कुमार खड्का, अर्थ तथा विकास समितिमा नेकपा माओवादी केन्द्रका दीपक कोइराला र प्रदेश मामिला समितिमा जनमोर्चाका कृष्ण थापा निर्विरोध बनेका हुन ।

चारवटै समितिका सभापतिलाई आज सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

40 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank