कसलाई जिताउला २ नम्बर प्रदेशले ?

बुधबार, भदौ २१, २०७४

loading...

- प्रताप ओली



काठमाडौं । बुधबार प्रदेश नम्बर २ मा असोज २ गते हुन गईरहेको निर्वाचनका लागी उम्मेदवार मनोनयन दर्ता उत्साह पुर्वक भएको छ । प्रदेश नम्बर २ का ८ वटा जिल्लामा रहेका १३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता कार्य जसरी उत्साहपुर्ण रुपमा भएको देखिन्छ त्यति नै पार्टीहरुले आ आफ्नो पार्टीले बढी सिट लिने भन्दै ठोकुवा गर्न छोडेका छैनन् ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयनको समय थियो । यस निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने कुरामा त कुनै दुईमत छैन तर ब्रजस्व कुन पार्टीको सिटमा आउला त्यो भने सबैको चिन्ताको विषय बनेको छ ।

ढिलो चाँडो गरी सबै पार्टीले आफ्ना उम्मेदवारको टुङ्गो त लगाए तर पार्टीगत एजेन्डा ,नाम चलेका उम्मेदवार ,पाटीले गरेका विगतका असल कार्यलाई आधार बनाएर भोट माग्न सबै दल तन्किएका छन् । मधेसको राजा मै हुँ सबै जनताले राष्ट्रिय जनता पार्टीले पनि आफु जित्ने होड कायमै राखेको छ । माओवादीसँग तालमेल गरेको काँग्रेस भित्रै सिराहा जिल्लामा विवाद आएको घटना तात्तातो छ । यसले माओवादीसँगको निकता पर धकेल्न सक्ने धेरैले आँकलन गरिसकेका छन् ।

पहिलो र दोस्रो स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेले पनि मंगलबार रातारात उम्मेद्वार चयन गर्यो उसले कस्तो नतिजा ल्याउला यो पनि चासोको विषय नै बनेको छ ।

लोकतन्त्र प्रति प्रतिवद्घ ,लामो राजनितिक जिवन भएका,सामाजिक र नैतिक रुपले राम्रो प्रतिष्ठा भएका, जनतासँग घनिष्ठ सम्बन्ध स्थापित गर्न सक्ने र जनचाहाना अनुरुप स्थानिय तहमा नेतृत्व गर्नसक्ने योग्य तथा सक्षम व्यक्तिलाई प्राथमिकताका साथ जिताउनु प्रदेश नम्बर २ का जनताको बुद्घिमत्ता हुनेछ ।

1047 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank