प्रदेश नं ४ का सभामुख मेडिसिटी न्यूरो अस्पतालमा भर्ना

शनिबार, बैशाख २९, २०७५



पोखरा ।
प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि शनिबार बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएको छ ।

निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीलाई अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उनका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिए।

उनका अनुसार सभामुख अधिकारीको टाउँकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष आइसियु मा उपचार भइरहेको छ ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा बालगोपाल शर्माको नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको बताउँदै स्वकीय सचिव आचार्यले भने “उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।”

शुक्रबार दिउँसो ४ बजे लडेर घाइते भएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थित फेवासिटी र मेट्रोसिटी अस्पताल हुँदै मणिपाल शिक्षाण अस्पतालमा भर्ना गरिएको थियो ।

44 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank