एमसीसी सम्झौताले राष्ट्रिय हितलाई केही हानी गर्दैन: मन्त्री ज्ञवाली

बुधबार, पुस ९, २०७६



काठमाडौं । परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताले राष्ट्रिय हितलाई नोक्सान नगर्ने बताएका छन । पछिल्लो समय विवादमा आएको एमसीसी सम्झौताबारे परराष्ट्रमन्त्री ज्ञवालीले उक्त धारणा व्यक्त गरेका हुन ।

विहिबार राष्ट्रिय सरोकार तथा समन्वयन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले यसको विरोध गर्नुको औचित्य नरहेको स्पष्ट पारे । उनले भने,यसलाई पैसासँग मात्र तुलना गर्ने होइन। यो सम्झौताले हाम्रो राष्ट्रिय हितलाई केही हानी गर्दैन। इन्डोप्यासिफिक रणनीतिको कुनै पनि अंगका रुपमा नरहेको दाबी गर्दै उनले सैन्य गठबन्धसँग जोड्न नहुने बताए ।

उनले संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिदै मन्त्री ज्ञवालीले उर्जा तथा सडकमा लगानी गर्नका लागि सम्झौता गरिने ठोकुवा गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments