आतंकवाद अन्त्यका लागि विश्वको धारणामा एकरुपता हुनुपर्छ: मन्त्री ज्ञवाली

शनिबार, अशोज ११, २०७६



काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाललीले आतंकवाद अन्त्यका लागि विश्वको धारणामा एक रुपता हुनु पर्नेमा जोड दिएका छन ।

अमेरिकाको न्यूर्योकमा जारी राष्ट्रसंघीय महासभालाई शनिबार विहान सम्बोधन गर्र्दै परराष्ट्रमन्त्री ज्ञवालीले आतंकवादको विरोधमा विश्व समुदायको साझा धारणा जरुरी रहेको बताए । उनले हिंसा र द्वन्द्वका कारण उब्जिएको मानवीय संकटलाईअन्त्य गर्नु पर्नेमा जोड दिए । मन्त्री ज्ञवालीले लिबिया, सिरिया, यमनलगायतका द्वन्द्वग्रस्त मुलुकको स्थितिमाथि चिन्ता समेत प्रकट गरे ।

उनले नेपालले हरेक विवाद र द्वन्द्वको समाधान संवाद र सहमति मार्फत हुन्छ भन्ने मान्यतामा विश्वास राख्ने पनि स्पष्ट पारे । उनले बृहत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालीन न्यायको र्निक्यौलमा पुग्न पहल भइरहेको पनि विश्व समुदायलाई जानकारी गराए ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरिब देशहरुले जलवायु परिवर्तनको अनुपातहीन, अन्यापूर्ण र औचित्यहीन असर भोग्नु परेको बताए । उनले हिमनदीहरु दिनानुदिन पग्लिँदै गएकाले यो निकै खतरापूर्ण भएको भन्दै तत्काल आवश्यक कदम चाल्न आवश्यक रहेको बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata