परराष्ट्रमन्त्री ज्ञवाली किन जाँदैछन् चीन ?

सोमवार, बैशाख ३, २०७५



काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार राति चीन जाँदैछन् । उनी राति ११ बजे पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीका लागि ज्ञवाली चीन जान लागेका हुन् । ज्ञवालीले सन् २०१८ उच्चस्तरीय भ्रमण वर्ष हुने बताउँदै आएका छन् ।

परराष्ट्र मन्त्रालयले भने मन्त्री ज्ञवालीको भ्रमणलाई सद्भाव भ्रमण भनेको छ । बेइजिङमा परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी वाङ यीबीच ५ वैशाखमा औपचारिक वार्ता हुनेछ । सोही दिन परराष्ट्रमन्त्रीले चीनका एकजना शीर्ष नेतासँग भेटवार्ता गर्ने भनिएको छ, तर कोसँग भन्ने जानकारी चीनको विदेश मन्त्रालयले दिइसकेको छैन ।

परराष्ट्रमन्त्री ज्ञवालीले ४ वैशाखमा नेपाली दूतावासद्वारा आयोजना हुने स्वागत समारोहमा चिनियाँ बुद्धिजीवी, नेपालका लागि पूर्वराजदूत र पत्रकारसँग गोलमेच अन्तरक्रिया गर्ने पनि तय भएको छ । उनले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीतिबारे बोल्ने कार्यक्रम छ । उनले ७ वैशाखमा सिचुआन प्रान्तको छेन्दुस्थित सिचुआन विश्वविद्यालयमा सम्बोधन गर्नेछन् र ८ वैशाखमा स्वदेश फर्कनेछन् ।

210 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank