ए मान्छे !

शनिबार, चैत्र ९, २०७५

- प्रचण्ड भास्कार



ए मान्छे !

तिमि,
तिमि त किताब जस्तै सुगन्धित छौ
थाहा छैन भित्र कति कथा अटाएकी छौ
पढ़ने प्रयास मात्र के गर्छु,
छ्न्द र सुगन्ध बिच अजीव द्वन्द सुरु हुन्छ!!

ए मान्छे भनन??
तिमि किन यति सुगन्धित?

तिम्रा मनका पाना पल्टाउदा
त्यहाँ लेखिएका चुन ढुङ्गा जस्ता
चम्कीला शब्दभावका थुप्रै थुङ्गा हरु भेट्टाउँछु
स्पर्श गर्न खोज्छु,
उनी झन झिमझिम हुदै तर्सिन्छन्!!

ए मान्छे भनन??
तिमि किन यति अचम्मित?

तिम्रा ती छर्लंग छरिएका
तमाम तारा जस्ता तिलकोटी बुदाहरु
हरेकचोटी अवगत नै हुन्छन्
व्याख्या गर्न खोज्छु,
उनी आफै आँखामा अदृश्य हुदै जान्छन्!!

ए मान्छे भनन??
तिमि किन यति अलौकिक?

तिम्रा हिरा जस्ता हर्षित हरफ़ पढ़दा
मेरो मन मुसुक्क मुस्कुराएर आउँछ,
केवल मानसिकता बत्ती गएको केवल जस्तै झिरझिर झिरझिर भैरहन्छ
बुझ्न खोज्छु त,
ति पनि तिम्रा रेशमी केश जस्तै फिरफिर
चिप्लिएर जान्छन्!!

ए मान्छे भनन??
तिमि किन यति आश्चरित??

शिर्षकमा जब तिम्रा
निर्मल नयन ज्ञात हुन्छन
म आफै देखि अज्ञात हुन्छु
अनि खोज्न थाल्छु,
स्वयंलाई ती सरल निर्मल नयनमा,
त्यहाँ मैले मलाई होइन मेरो मनलाई पाउँछु!!

ए मान्छे भनन??
तिमि किन यति प्रभावित??
ए मान्छे भनन??

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments