ए जिन्दगी ! – प्रचण्ड भास्कर

शुक्रबार, फाल्गुन २४, २०७५

- राजु झल्लु प्रसाद



२०५१ साल पुष १० गते शर्माली, बैतडीमा जन्मिएका प्रचण्ड भास्कर कलौनी हाल मझगाउँ, कन्चनपुर बसोबास गर्दै आइरहेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट बिबिए अन्तरगत स्नातकसम्मको अध्ययन सकिसकेका कलौनी साहित्यप्रति गहिरो रुचि राख्दछन् ।
प्रस्तुत: छ उनको कविता : ए जिन्दगी !


ए जिन्दगी !

ए जिन्दगी
त्यो बिराम चिन्ह झै
कतै त विश्राम दे!

गुलाब जस्तै उजेली
भै सजिनु छ,
फूलहरुको पङ्ती झै
एक लहर सपनाको सौन्दर्य
सजाउनु छ!

यो एकान्तमा
केही पल याद सार्नु छ
गुलाबका पत्रपत्रमा
जिन्दगी एक छिन भए नि
केलाउनु छ!

ए जिन्दगी
चल्दा चल्दै रोकिदे न
कतै त विश्राम दे!

एकपल मै एक्लै गरायेर
गएका रसीला यादहरु
नियालेर फिजाउनु छ

बाबाका आँखाले देखेका
अग्ला सपना मेरा यी साना
आँखालाई देखाउनु छ

ती चलनचल्तिका
गहिरा सन्देशहरु
मेरा यी बहिरा कानलाई
सुनाउनु छ

ए जिन्दगी
चल्दा चल्दै रोकिदे न
कतै त विश्राम दे!

सरलयन्त्र जस्तै
धेरै सरल थोरै जटिल
अनि एकदम स्पष्ट भई
आमाका ती
कठोर कष्टहरुलाई
नि नष्ट
गराउनु छ

कैले दीदी त कैले दादा बनेर
भाईको हौसला पनि त
बढाउनु छ,
मेहनती त म कहा
ऊ जस्तो गजबको
तरपनि उसलाई म भन्दा
अग्लो सिढी जो चढाउनु छ

ए जिन्दगी
चल्दा चल्दै रोकिदे न
कतै त विश्राम दे!

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata