समान हैसियत विना एकता नगर्न प्रचण्डलाई वाइसीएलको दवाव

आइतवार, बैशाख २, २०७५



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादीको एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ । फ्याक्सन इन्चार्ज मणि थापासहित अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर वाईसीएलले समान हैसियतमा एकता गर्न ध्यानाकर्षण गराएको हो ।

प्रचण्डले पनि वाईसीएलको धारणा आम माओवादी नेता/कार्यकर्ता र शुभेच्छुकहरुको पनि धारणा भएको बताउँदै समानताको आधारमा नै एकता हुने बताएका थिए ।

एकीकृत पार्टीको अध्यक्ष दुईजना नराख्न वाइसिएलले गरेको ध्यानाकर्षण भने प्रचण्डले स्वीकार गरेनन् । सहमति भइसकेको विषय परिवर्तन गर्न नहुने तर्क प्रचण्डले गरेका थिए । माओवादी र एमालेबीच जनयुद्ध शब्द, चुनाव चिह्न र केन्द्रीय समितिमा रहने संख्याको विषयमा विवाद छ ।

177 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank