ओलीको अनुपस्थितिमा दाहाल-नेपालको चिया गफ

शुक्रबार, भदौ ६, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका क्रममा सिंगापुर रहेको अवस्थामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालबीच दाहाल निवास खुमलटारमा  भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुर जानु पूर्व सचिवालय बैठकमा ओली र नेता नेपालबीच भएको भनाभनलाई लिएर उनीहरुबीच छलफल भएको हो । चिया गफकाे क्रममा नेता नेपालले सचिवालय बैठकमा पेश गरेका सात बुँदे असहमति र वरियता घटाइएको बारेमा समेत छलफल भएको जनाइएको छ ।

करिब दुई घण्टा लामो भेटघाटमा आगामी राजनीति र पार्टी संगठनबारे समेत छलफल भएको स्रोतले जनाएको छ । ओली सिंगापुर जानुपूर्व कार्यबाहक अध्यक्ष प्रचण्डलाई सुम्पदै पार्टीको बैठक बस्न सक्ने निर्णय सचिवालय मार्फत गरेका थिए । सोहि अनुरुप उनीहरुबीच चियागफ भएको नेकपाका एक नेताले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata