प्रचण्ड किन जादैछन् भारत ?

शुक्रबार, साउन २५, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी नेकपाको अध्यक्षको हैसियतमा भारत जान लागेका हुन । यही भदौ २२ गते मित्रराष्ट्र भारतको एक हप्ता भ्रमण गर्ने नेकपाका एक नेताले जानकारी दिए ।

उनको भ्रमणको चाजोपाँचो प्रधानमन्त्री केपी शर्मा ओलीले मिलाएका हुन । ओलीकै सहमतिमा प्रचण्ड भारत जान लागेका हुन् । भारत भ्रमणका क्रममा दुईदेशका सरकारबीचको सहकार्यका विषयमा कुराकानी हुनेछ । अध्यक्ष प्रचण्डले भदौ २२ देखि २७ सम्म भारत भ्रमण गर्नेछन् । भारतको भ्रमणलगत्तै प्रचण्ड चीन भ्रमणमा जाने तयारी छ ।

192 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank