हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेजस्तै एमाले र माओवादी मिलेर कम्युनिष्ट पार्टी बन्छः प्रचण्ड

शनिबार, बैशाख २२, २०७५



पोखरा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अव एमाले र माओवादी केन्द्र दुवै पार्टी नरहने बताएका छन् । दुवै पार्टी विघटन भएर नयाँ कम्युनिष्ट पार्टी बन्ने उनले बताए ।

पोखरामा मार्क्स द्धिशतवार्षिकीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने तर्क गरे । ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’ उनले भने ।

उनले आफू काठमाडौँ फर्केपछि एकताको मिति घोषणा हुने समेत जनाए । उनले पार्टी एकता अव कसैले पनि चाहेर रोकिने अवस्था नभएको समेत बताए ।

103 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank