“”

ओली आफै बालुवाटार पुगेर यस्तो प्रस्ताव राखे प्रचण्डसँग

शनिबार, बैशाख २३, २०७४



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०का नेता केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराले दिनुभएको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको बताइएको छ।

मुलुकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएको र सहमतिमा नै सबै प्रक्रिया अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले सबैको सहमतिमा नै आफूले उचित कदम चाल्ने बताउनुभएको बुझिएको छ। एमाले महासचिव ईश्वर पोखरेलले भने प्रधानमन्त्रीलाई महाअभियोग प्रस्ताव फिर्ता लिन अध्यक्ष ओलीले आग्रह गर्नुभएको जानकारी दिए। अध्यक्ष ओलीले अब मिलेर जाऊ भन्दै सहकार्यको प्रस्ताव गरेका थिए ।

2914 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank