एमाले-माओवादी एकता टाढा पुग्दै

शुक्रबार, बैशाख १४, २०७५



काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको वार्ता झन टाढा धकेलिएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको लामो वान टु वान वार्ताले पनि मिति तय गर्न सकेन । झण्डै तीन घन्टा भएको वार्तामा एकतामा भएको विवाद भन्दा ब्यानरकाण्डको विवाद छलफलको विषय बनेको थियो ।

बैठकपछि प्रधानमन्त्री ओलीले ब्यानरका विषयमा लामो छलफल भएको र विवादका विषयमा शनिबार बस्ने सहमति भएको सचिवालयका सदस्यलाई जानकारी गराएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको यो वार्ता सहमति हुन नसकेपछि १८ गते मे दिवसका दिन हुने भनिएको एकता प्रक्रिया पनि टाढा धकेलिएको छ ।

स्रोतका अनुसार खब बजेट, नीति तथा कार्यक्रम पछि नै एकता जाने देखिन्छ । लेलिन जयन्तीको अवसरमा आयोजित संयुक्त कार्यक्रममा लेनिनको फोटो छुटेकोमा माओवादी कार्यकर्ताले आपत्ति जनाएपछि विवाद भएको थियो । यसअघि वैशाख ९ मा एकता गर्ने सहमति नै भएपनि अन्तिम समयमा धकेलिएको थियो ।

252 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank