सार्वजनिक विदा बारे प्रचण्डले आत्मआलोचना गरे,ओलीले प्रचण्डलाई घोचे

बुधबार, पुस २७, २०७३

loading...


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को बर्ष पृथ्वीजयन्तीको अवसरमा सार्वजनिजक विदा दिने बताएका छन् । पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई कसैलेपनि बेवास्त गर्न नसक्ने भन्दै आगामी वर्ष पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा दिनेबारे वर्तमान सरकारले तयारी थालेको जनाए। उनले ‘यसै वर्ष पनि विदा दिने आफ्नो सोच रहेको तर तयारी नपुगेकाले नसकिएको बताए ।

‘विदा दिनुपर्छ भन्ने सोच मेरो यसबर्ष पनि थियो’ राप्रपाको चियापानमा अध्यक्ष खनालले भने, ‘तयारी नपुगेको कारणले यसकर्ष सकिएन आगामी वर्ष विदा दिनेबारेमा हामीलेनिर्णय गरिसकेका छौं।’

प्रधानमन्त्री प्रचण्डले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्ने गरेको बताए ।

उनले आजकै मन्त्रिपरिषदको बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको समेत जानकारी दिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको योगदानलाई कसैले भुल्न नहुने बताए। अध्यक्ष ओलीले आफू पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन पहिलेदेखि नै सकारात्मक भएपनि विदा दिन भने प्रचण्डले नै नचाहेको आरोप लगाए।

उनले भने,‘पहिला म प्रधानमन्त्री हुँँदापनि पृथ्वीजयन्तीको दिन विदा दिनुपर्छ भनेर प्रस्ताव गरेको थिएँ, त्यतिवेलापनि अहिलेकै प्रधानमन्त्री जसले विदा दिन रोक गरे, अहिलेपनि उनै व्यक्ति प्रधानमन्त्री छन्, तपाईहरु अनुमान गर्नुहोस् कसले विदा दिन नचाहेको हो ?।’

कार्यक्रममा प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि पृथ्वीनारायण शाहको योगदानलाई सबैले कदर गुर्नपर्ने बताए । नेपाल एकीकरणको लागि पृथ्वीनारायण शाहले खेलेको भूमिकाको लागि पार्टीले सदैव सम्मान गर्ने विश्वास व्यक्त गरे।

राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीका दिन आयोजना गरेको विशेष चियापानमा मुलुकका राजनीतिक दलका शीर्ष नेता उच्च अधिकारीहरुको सहभागिता थियो ।

1382 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv