नेपालको राजनीतिमा बेलायतको चासो

मङ्लबार, फाल्गुन १, २०७४



काठमाडौँ । बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।  प्रचण्ड निवास खुमलटारमा मंगलबार भएको भेटका अवसरमा मार्कलेले निर्वाचन सम्पन्न भएपछिको नेपालको राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षका बारेमा समेत प्रचण्डसँग छलफल गरेका थिए ।

मार्कको जिज्ञासबारे प्रतिक्रिया दिँदै प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा एमालेसँगको एकताको प्रक्रिया अघि बढाइएको बताए । पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने प्रचण्डले बताए ।

प्रचण्डले नेपालको संविधानले व्यवस्था गरे अनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित भएको समेत बताए ।

स्थायित्व र राजनीतिक स्थिरता भए सुशासनको प्रत्याभूति हुने बताउँदै प्रचण्डले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद समेत दिए ।

भेटका अवसरमा प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरुको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए । रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका नेपाली सेनाहरुको समस्याका बारेमा बेलायत सरकार गम्भीर रहेको बताएका थिए ।

199 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank